सल्यानमा वस दुर्घटना हुँदा १३ जना

दुख्द खबर

सल्यानमा बस दुर्घटना हुँदा १३ जना घा’ई’ते भएका छन् । सल्यानको सदरमुकाम खलंगा–श्रीनगर हुँदै झिम्पेलैसेका लागि हिडेको ना ७ ख ७१८९ नम्वरको वस झिम्पे दारिमजिउलामा शनिबार दुर्घटना भएको हो ।

 

वसमा सवार २१ यात्रु मध्ये १३ जना घा’ई’ते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घा’ई’तेलाई उपचारका लागि सल्यान श्रीनगरमा रहेको नीजि तथा सामुदायिक अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले वताउनुभयो ।

 

उहाँकाअनुसार घा’ई’ते’लाई थप उपचारका लागि अस्पताल पठाइएको भएपनि घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताउनुभयो । वस सडकभन्दा अन्दाजी २५ मिटर तल खेतमा खसेको छ । दुर्घटना कसरी भयो भन्ने अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *